शिक्षा विकास निर्देशनालय सुर्खेतकी निर्देशक दीपा हमालले श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, वीरेन्द्रनगर–५ चिसापानीमा अक्षयकोष स्थापना गर्ने घोषणा गरेकी छन्।

विद्यालयको वार्षिक उत्सव तथा सम्मान कार्यक्रममा उनले १ लाख ५५ हजार ५५५ रुपैयाँको अक्षयकोष स्थापना गर्ने प्रतिबद्धता जनाइन्।
हमालले आफ्ना बुबा हिरालाल हमालको स्मृतिमा अक्षयकोष स्थापना गर्न लागेको बताउँदै कोषबाट विद्यालयको शैक्षिक सुधार तथा जेहेन्दार विद्यार्थीका लागि छात्रवृत्तिमा सहयोग पुर्याइने उल्लेख गरिन्।
उनी बसेको वडामा रहेको र आफू अभिभावक समेत रहेको विद्यालयको प्रगतिका लागि सबैको हातेमालो आवश्यक रहेको उनको भनाइ छ ।
प्रकाशित मिति : २०८२ मंसिर २ गते मंगलबार










प्रतिक्रिया दिनुहोस्