२०८३ वैशाख ६ , आइतबार

वीरेन्द्रनगरमा सेना परिचालन, विना काम घरबाहिर ननिस्कन आग्रह




कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरका सडकमा नेपाली सेनाले गस्ती गरिरहेको छ । जेन-जि (Gen-Z) प्रदर्शन र विभिन्न आन्दोलनका कारण बढ्दो सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै नेपाल सेना सडकमा तैनाथ गरिएको हो।

सुरक्षा निकायले वीरेन्द्रनगर क्षेत्रका नागरिकलाई शान्ति, सुरक्षा र कानुनको पालना गर्न आग्रह गर्दै अवाञ्छित गतिविधिमा संलग्न नहुन चेतावनी दिएको छ।

प्रकाशित मिति : २०८२ भदौ २५ गते बुधबार