२०८३ मंसिर १० , बिहीबार

सुर्खेतमा जुवाको खालमा प्रहरीको छापा, १७ जना पक्राउ



 सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–४ जिरो ड्यामस्थित एक घरमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले १७ जनालाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार मिति २०८३ कात्तिक २० गते राति करिब ११ः५० बजे वीरेन्द्रनगर–४ जिरो ड्यामस्थित स्थानीय प्रशान्त शाहीको घरमा जुवातास खेल भइरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरीले छापा मारेको हो।

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत, जिल्ला प्रहरी कार्यालय सुर्खेत र कर्णाली प्रदेश प्रहरी गण सुर्खेतबाट खटिएको ४५ जनाको संयुक्त प्रहरी टोलीले उक्त स्थानमा खानतलासी गर्दा जुवातास खेलिरहेका १७ जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

प्रहरीले उनीहरूको साथबाट २८ बुक तास (२४ बुक नखुलेको र ४ बुक खुलेको), लङ्गुरबुर्जा ६ थान र नगद १ लाख ५ हजार ६ सय ७० रुपैयाँ बरामद गरेको छ।

नियन्त्रणमा लिइएका व्यक्तिहरूलाई कात्तिक २१ गते बिहान २ः३० बजे जिल्ला प्रहरी कार्यालय सुर्खेतमा ल्याइएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २०८३ कात्तिक २१ गते शनिबार

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन।