सुर्खेतको चौकुने गाउँपालिका–१०, चालिखेमा सर्पको टोकाइबाट एक महिलाको मृत्यु भएको छ।
मृत्यु हुनेमा सोही ठाउँकी ५८ वर्षीया देउमा कामी रहेकी छन्। उनलाई बुधबार बिहान करिब ५ः४५ बजे भाँडा माझ्ने क्रममा दायाँ हातको चोर औँलामा सर्पले टोकेको थियो।
सर्पले टोकेपछि उपचारका लागि उनलाई बिहान १०ः३५ बजे प्रदेश अस्पताल सुर्खेत ल्याइएको थियो।
अस्पताल पुर्याएको करिब पाँच मिनेटपछि चिकित्सकले चेकजाँच गर्दा बिहान १०ः४० बजे उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) कविन्द्र सिंह बोहराले जानकारी दिए।
प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।
प्रकाशित मिति : २०८३ साउन २७ गते बुधबार









