२०८३ साउन ११ , सोमबार

सामुदायिक वनको १८ लाख हिनामिना: डडेल्धुराका अध्यक्ष मडै दोषी ठहर

विशेष अदालतको फैसला, सजाय निर्धारणका लागि थप प्रक्रिया अघि बढ्ने


डडेल्धुराको आलिताल गाउँपालिका–३ स्थित कैलाश समैजेश्वर सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष सर्वजित मडै भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन्।

विशेष अदालत काठमाडौंको सोमबार बसेको इजलासले मडैलाई सामुदायिक वनको कोषबाट १८ लाख १५ हजार रुपैयाँ हिनामिना गरेको अभियोगमा दोषी ठहर गरेको हो। उक्त इजलासमा अध्यक्ष सुदर्शन भट्ट र सदस्य डिल्लीरत्न श्रेष्ठ सहभागी थिए।

अदालतले मडैलाई दोषी ठहर गर्दै अब सजाय निर्धारणका लागि थप प्रक्रिया अघि बढाउने आदेश दिएको छ।
यस प्रकरणमा सामुदायिक वन उपभोक्ता समूहभित्रै मिलेमतो गरी कागजात किर्ते गरेर कोषको रकम हिनामिना गरिएको भन्दै उजुरी परेको थियो। सोही आधारमा

अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले अनुसन्धान गरी भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो।
अदालतको फैसलासँगै उक्त हिनामिना प्रकरणमा संलग्नताबारे कानुनी निष्कर्ष स्पष्ट भएको छ भने अब सजाय निर्धारणपछि थप कानुनी प्रक्रिया अघि बढ्नेछ।

प्रकाशित मिति : २०८३ वैशाख १५ गते मंगलबार

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन।