बर्दिया राष्ट्रिय निकुञ्जमा सिकार खेल्न गएका सुर्खेतका ६ जना सम्पर्कविहीन भएका छन्।
उनीहरूमध्ये एक जनाको मृत्यु भएको आशंका गरिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार बराहताल गाउँपालिका–१ का पाँच जना र लेकवेशी नगरपालिका–८ का एक जना गरी ६ जना गत फागुन २३ गते सिकार खेल्न भन्दै निकुञ्जतर्फ गएका थिए।
प्रहरी नायव उपरीक्षक मोहनजंग बुढथापाका अनुसार स्थानीय आसे महतराले आफ्ना साला टोपबहादुर खत्रीसहित ६ जना सम्पर्कविहीन भएको जानकारी प्रहरी चौकी रानीघाटलाई दिएका हुन्।
खत्रीको मृत्यु भएको हुनसक्ने आशंका पनि गरिएको छ।
घटनास्थल बर्दिया जिल्लामा पर्ने भएकाले जिल्ला प्रहरी कार्यालय बर्दियालाई जानकारी गराइएको छ भने सम्पर्कविहीन व्यक्तिहरूको खोजीका लागि प्रहरी टोली परिचालन गरिएको प्रहरीले जनाएको छ।
प्रकाशित मिति : २०८२ चैत २ गते सोमबार









