हुम्लामा प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मतगणना अहिले बेलुका ९ बजेदेखि सुरु गरिएको छ ।

जिल्लाको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा अहिले ताजाकोट गाउँपालिका–१ र २ को मतगणना भइरहेको अधिकृत निलकण्ठ बरालले बताएका छन् ।
बिहीबार सम्पन्न निर्वाचनपछि मतपेटिका संकलन गरी सुरक्षित रूपमा मतगणना केन्द्रमा पुर्याइएपछि अहिले ९ देखि मतगणना सुरु गरिएको हो ।
निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको र मतगणना प्रक्रिया पनि व्यवस्थित रूपमा अगाडि बढाइएको बरालले बताए ।
प्रकाशित मिति : २०८२ फागुन २२ गते शुक्रबार









