हिमाली जिल्ला हुम्लामा प्रतिनिधिसभा निर्वाचनअन्तर्गत मतदान उत्साहजनक रूपमा भइरहेको छ। बिहान ७ बजेदेखि जिल्लाभर एकैसाथ सुरु भएको मतदानमा दिउँसो ३ बजेसम्म १८ हजारभन्दा बढी मत खसेको छ।

कुल ३४ हजार ३७२ मतदाता रहेको हुम्लामा आधाभन्दा बढी मतदाता दिउँसोसम्मै मतदान प्रक्रियामा सहभागी भइसकेका मुख्य निर्वाचन अधिकृत निलकण्ठ बरालले जानकारी दिए।
उनका अनुसार जिल्लाभरका सबै मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान जारी रहेको छ।
प्रकाशित मिति : २०८२ फागुन २१ गते बिहीबार









