२०८३ असोज २ , शुक्रबार

सुर्खेत बहुमुखी क्याम्पसमा बिबिए कार्यक्रम सञ्चालन



सुर्खेत बहुमुखी क्याम्पसमा यसवर्षदेखि ब्याचलर अफ बिजनेस एडमिनिस्ट्रेसन (बिबिए) कार्यक्रम सञ्चालन हुने भएको छ।

त्रिभुवन विश्वविद्यालय केन्द्रीय व्यवस्थापन विभागका पुर्व डिन डिल्लीराज शर्मा नेतृत्वको टोलीले स्थलगत अनुगमनसमेत गरिसकेको छ ।

बिबिए कार्यक्रम यसैवर्षदेखि सञ्चालन हुने सुर्खेत बहुमुखी क्याम्पसका प्रमुख माधव प्रसाद खनालले जानकारी दिए। उनले बिबिएको लागि विद्यार्थी भर्ना समेत खुल्ला गरिसकेको बताए ।

उनले बिबिए पाठ्यक्रमले विद्यार्थीलाई रोजगारी तथा अवसर सिर्जनामा सहयोग पुऱ्याउने भएकाले यसलाई जागिरमुखी मात्र नभई व्यावसायिक क्षमतावृद्धिको कार्यक्रमको रूपमा लिनुपर्ने बताए।

साथै विद्यार्थीहरूको माग र आवश्यकताका आधारमा बिबिए कार्यक्रम सुरु गर्न लागिएको उनले बताए । उनका अनुसार सुर्खेतमा बिबिए नहुँदा यहाँका धेरै विद्यार्थी अन्य ठाउँ जान बाध्य भएका थिए । ‘बजारमुखी शिक्षा प्रणाली अपरिहार्य भएको वर्तमान परिस्थितिमा बिबिए अत्यन्तै उपयुक्त कार्यक्रम हो,’ खनालले भने, ‘हामी यसलाई सफल बनाउन प्रतिबद्ध छौं।,’

उनका अनुसार बिबिए कार्यक्रम सञ्चालन हुनुले सुर्खेतका विद्यार्थीहरूलाई स्थानीय स्तरमै गुणवत्तापूर्ण व्यावसायिक शिक्षा हासिल गर्ने अवसर दिनेछ । साथै यसले विद्यार्थीको बौद्धिक क्षमता, व्यवस्थापन दक्षता र नेतृत्व सीप विकासमा समेत योगदान पुऱ्याउने उनको बताए ।

प्रकाशित मिति : २०८२ भदौ ९ गते सोमबार

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन।