२०८३ मंसिर ११ , शुक्रबार

नेपालमा मोबाइलको चार्जर मात्रै ३० करोडको भित्रियो



नेपालले चालु आर्थिक वर्षको साउनदेखि जेठ मसान्तसम्मको ११ महिनामा ३० करोड २९ लाख रुपैयाँ खर्च गरेर ३९ लाख ४२ हजार ८६६ थान मोबाइल फोन चार्जर आयात गरेको छ। भन्सार विभागका अनुसार चार्जर भारत, चीन, क्यानडा, अष्ट्रेलिया, जापान, जर्मनी, फ्रान्स, कोरिया लगायत १५ देशबाट आयात गरिएको हो।

भारतबाट ३ लाख ७२ हजार ६९२ थान चार्जर आयात गर्दा २ करोड १७ लाख रुपैयाँ खर्च गरिएको छ। भारतबाट आयात भएको चार्जरबाट ८० लाख ९९ हजार रुपैयाँ राजस्व संकलन भएको छ।

चार्जर आयातबाट नेपालले ९४ करोड ३९ लाख रुपैयाँ राजस्व संकलन गरेको छ। चीनबाट सबैभन्दा बढी ३५ लाख ७० हजार थान चार्जर आयात भएका छन्, जसमा २८ करोड १० लाख रुपैयाँ खर्चिएको छ। सो आयातबाट सरकारले ८ करोड ६२ लाख रुपैयाँ राजस्व उठाएको छ।

त्यस्तै, भारतबाट ३ लाख ७२ हजार ६९२ थान चार्जर आयात गर्दा २ करोड १७ लाख रुपैयाँ खर्च गरिएको छ। भारतबाट आयात भएको चार्जरबाट ८० लाख ९९ हजार रुपैयाँ राजस्व संकलन भएको छ।

समग्रमा हेर्दा चीन र भारत मोबाइल चार्जरको प्रमुख स्रोत बनेका छन् । सस्तो र व्यापक आपूर्ति भएका कारण यिनै दुई देशमाथि नेपालको निर्भरता उच्च देखिएको छ ।

भारतमा पछिल्लो समय चार्जर निर्माणका लागि सरकारले त्यस्ता उद्योगलाई विशेष प्राथमिकतामा राख्दै सुविधा समेत दिँदै आएको छ ।

त्यहाँ खासगरी पीएलआई, पीएमपी, मेक इन इण्डिया कार्यक्रम सञ्चालन भइरहेका छन् । ती कार्यक्रमहरूले चिपसेट, चार्जर, कनेक्टरहरु उत्पादक गर्नेहरुलाई विशेष सहुलित दिइरहेको छ ।

अर्थतन्त्रमा बलियो हुँदै गइरहेको चीन समेत इलेक्ट्रोनिक समान निर्माणमा छर्लङ मारिरहेको छ ।

चीनको मोबाइल चार्जर बजार २०२३ मा लगभग ५।८ खर्ब रुपैँया रहेको थियो । जसलाई २०३० सम्म यसलाई भारी रुपमा बढाउने लक्ष्य राखिएको छ । भारत, चीनले आफ्ना यस्ता उत्पादित इलेक्ट्रोनिक वस्तुहरुलाई विश्वभर फैलाउन तीव्र प्रतिस्पर्धा गरिरहेका देखिन्छ ।

प्रकाशित मिति : २०८२ असार ८ गते आइतबार

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन।