२०८३ वैशाख ८ , मंगलबार

कर्णालीमा भोलि सार्वजनिक बिदा



कर्णाली प्रदेश सरकारले साउने सङ्क्रान्ति तथा देउडा पर्वको अवसरमा साउन १ गते अर्थात् भोलि सार्वजनिक बिदा दिने भएको छ।

गत चैत १७ गते बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले साउन १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

सोही निर्णयअनुसार भोलि प्रदेशका सबै सरकारी तथा सार्वजनिक निकायहरूमा बिदा दिइने आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता तथा उपसचिव उत्तम गौतमले जानकारी दिए।

प्रकाशित मिति : २०८२ असार ३२ गते बुधबार