मध्यपश्चिम विश्वविद्यालयको १७ औँ सभा बैठक सोमबार काठमाडौंको प्रधानमन्त्री निवास बालुवाटारमा बसेको छ ।
प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा बसेको उक्त बैठकले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि एक अर्ब ३६ करोड ७७ लाख २१ हजार रुपैयाँको बजेट पारित गरेको छ ।

बैठकमा विश्वविद्यालयका रजिष्ट्रार प्रा.डा. शोभाकर कँडेलले पुँजीगत खर्चतर्फ ४६ करोड २५ लाख रुपैयाँ र सञ्चालन खर्चतर्फ ९० करोड ५२ लाख २१ हजार रुपैयाँको बजेट तथा कार्यक्रम पेश गर्नुभएको थियो ।
उक्त प्रस्तावित बजेटलाई बैठकले अनुमोदन गरेको हो ।
प्रकाशित मिति : २०८२ असार ३१ गते मंगलबार











प्रतिक्रिया दिनुहोस्