२०८३ वैशाख ८ , मंगलबार

आर्थिक वर्ष २०८२/०८३ को मौद्रिक नीति सार्वजनिक (पुर्णपाठ सहित)



बैंक तथा वित्तीय संस्थाहरूले अब सस्तो ब्याजदरमा कर्जाको पहुँच पाउने भएकाले निजी क्षेत्रको लगानी विस्तार, रोजगारी सिर्जना र आर्थिक चहलपहलमा टेवा पुग्ने  नेपाल राष्ट्र बैंककाे याेजना रहेकाे छ ।

नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि लचिलो र सजग मौद्रिक नीति सार्वजनिक गरेको  छ। राष्ट्र बैंकका गभर्नर डा विश्वनाथ पौडेलले उक्त नीति सार्वजनिक गरेका हुन्।

सुस्त गतिमा अघि बढिरहेको अर्थतन्त्रलाई पुनः सक्रिय बनाउने उद्देश्यले केन्द्रीय बैंकले नीतिगत दरहरू घटाउने निर्णय गरेको हो । शुक्रबार सार्वजनिक गरिएको मौद्रिक नीतिअनुसार राष्ट्र बैंकले स्थायी तरलता सुविधाको दर (बैंक दर) ०.५ प्रतिशतले घटाएर ६ प्रतिशतमा ल्याएको छ । यस्तै, मौद्रिक नीतिको मूल आधार मानिने नीतिगत दर ५ प्रतिशतबाट घटाएर ४.५ प्रतिशत तोकिएको छ । स्थायी निक्षेप संकलन दर पनि घटाएर २.७५ प्रतिशतमा झारिएको छ, जुन पहिले ३ प्रतिशत थियो ।

केन्द्रीय बैंकका अनुसार पछिल्लो समय मुलुकको आर्थिक वृद्धि दर अपेक्षाभन्दा कमजोर रहेको, निजी क्षेत्रको लगानी उत्साहजनक नभएको तथा वित्तीय प्रणालीमा तरलता पर्याप्त रहेकाले ब्याज दर घटाएर आर्थिक गतिविधि चलायमान बनाउनुपर्ने आवश्यकता महसुस गरिएको हो ।

बैंक तथा वित्तीय संस्थाहरूले अब सस्तो ब्याजदरमा कर्जाको पहुँच पाउने भएकाले निजी क्षेत्रको लगानी विस्तार, रोजगारी सिर्जना र आर्थिक चहलपहलमा टेवा पुग्ने विश्वास लिइएको छ । यसका साथै, महँगीलाई सन्तुलनमा राख्ने र समष्टिगत आर्थिक स्थिरता कायम राख्ने प्रयत्नमा पनि राष्ट्र बैंकले मौद्रिक नीतिलाई संयमित बनाएको छ ।

मौद्रिक नीतिको पुर्णपाठसहित हेर्नुहाेस् । 

प्रकाशित मिति : २०८२ असार २७ गते शुक्रबार