सुर्खेतको वीरेन्द्रनगरका विभिन्न स्थानबाट जुवातास खेलिरहेको अवस्थामा प्रहरीले ५५ जनालाई पक्राउ गरेको छ।
विशेष सूचनाका आधारमा कर्णाली प्रदेश प्रहरी गण सुर्खेत, जिल्ला प्रहरी कार्यालय सुर्खेत र इलाका प्रहरी कार्यालय बाबियाचौरबाट खटिएको संयुक्त प्रहरी टोलीले विभिन्न स्थानमा खानतलासी गर्दा उनीहरू पक्राउ परेका हुन्।
प्रहरीका अनुसार जुवा खालबाट नेपाली रुपैयाँ १२ लाख ३२ हजार ८४५ र भारतीय रुपैयाँ १३ हजार १२५ बरामद गरिएको छ। भारतीय रुपैयाँलाई नेपाली मुद्रामा रूपान्तरण गर्दा करिब २१ हजार रुपैयाँ हुने भएकाले कुल १२ लाख ५३ हजार ८४५ रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ।
त्यस्तै, जुवा खालबाट ५२ पत्तीका ५३ गड्डी ताससमेत बरामद गरिएको छ।
पक्राउ परेका उनीहरूलाई जुवातास खेल्ने तथा सट्टेबाजी गर्न नहुने कसुरमा नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेहरूको विवरण :












