२०८३ मंसिर १० , बिहीबार

कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय : लोककल्याणकारी विज्ञापनदेखि स्याउ विकास बोर्डसम्म



कर्णाली प्रदेश सरकारको शुक्रबार बेलुका बसेको मन्त्रिपरिषद् बैठकले पाँचवटा महत्त्वपूर्ण निर्णय गरेको छ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार बैठकले विभिन्न कार्यविधि तथा नियमावली स्वीकृत गर्नुका साथै स्याउ विकास बोर्ड स्थापनासम्बन्धी विधेयक प्रदेशसभामा पेस गर्ने निर्णय गरेको हो।

मन्त्रिपरिषद् बैठकका पाँच निर्णय यस्ता छन् :

1. लोककल्याणकारी विज्ञापन: ‘कर्णाली प्रदेश लोककल्याणकारी विज्ञापन वितरणसम्बन्धी कार्यविधि, २०८३’ स्वीकृत गर्ने।

2. घर बीमा: ‘कर्णाली प्रदेश घर बीमासम्बन्धी कार्यविधि, २०८३’ स्वीकृत गर्ने।

3. स्याउ विकास बोर्ड: ‘कर्णाली प्रदेश स्याउ विकास बोर्ड स्थापना र सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ कर्णाली प्रदेशसभासमक्ष पेस गर्न स्वीकृति प्रदान गर्ने।

4. सङ्गठन संरचना तथा दरबन्दी: भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयअन्तर्गतका आयोजनाहरूको अस्थायी सङ्गठन संरचना र दरबन्दी तेरिज स्वीकृत गर्ने।

5. दलित आयआर्जन कार्यक्रम: ‘मुख्यमन्त्री दलित आयआर्जन कार्यक्रम सञ्चालन (पहिलो संशोधन) नियमावली, २०८३’ स्वीकृत गर्ने।

मन्त्रिपरिषद्का यी निर्णयले प्रदेशमा लोककल्याणकारी विज्ञापन वितरण, घर बीमा, स्याउ उत्पादनको विकास तथा दलित समुदायको आयआर्जन कार्यक्रम सञ्चालनसँग सम्बन्धित नीतिगत व्यवस्थालाई अघि बढाउने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : २०८३ कात्तिक २० गते शुक्रबार

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन।