पदको दुरुपयोग गरेको आरोपमा विवादमा तानिएका कोशी प्रदेश लोक सेवा आयोगका अध्यक्ष महेन्द्रप्रसाद गुरागाईंले पदबाट राजीनामा दिएका छन्।

गुरागाईंले मंगलबार प्रदेश प्रमुख परशुराम खापुङसमक्ष राजीनामा बुझाएका हुन्। उनले कात्तिक १६ गतेदेखि लागू हुने गरी राजीनामा दिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ। उनको राजीनामा स्वीकृतिको प्रक्रियामा रहेको कार्यालयले जानकारी दिएको छ।
अध्यक्ष गुरागाईं पछिल्लो समय अतिरिक्त भत्ता लिएको तथा अदालतको आदेशविपरीत कर्मचारी बढुवाका लागि सिफारिस गरेको विषयमा विवादमा तानिएका थिए।
आयोगको निष्पक्षतामाथि प्रश्न उठाउँदै विरोध हुन थालेपछि गुरागाईंमाथि नैतिक दबाब बढ्दै गएको थियो। विवाद चर्किएपछि उनले पदबाट राजीनामा दिएका हुन्।
प्रकाशित मिति : २०८३ कात्तिक ११ गते मंगलबार






