२०८३ भदौ २६ , शुक्रबार

स्वास्थ्य शाखा प्रमुख सहित २ जना प्रक्राउ



जिल्ला प्रहरी कार्यालय हुम्लाले २ जनालाई प्रक्राउ गरेको छ। ताजाँकोट गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख धनराज ढकाल र कृष्ण चन्द जैशीलाई प्रक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय हुम्लाका अनुसार ताजाँकोट गाउँपालिका-३ चाखुरे आगलागीको घटनाको अनुसन्धानमा स्वास्थ्य शाखा प्रमुख ढकाल र जैसीलाई प्रकाउ गरेको जनाएको छ।

प्रहरी निरिक्षक युवराज ढकालको कमान्डको टोलीले प्रकाउ गरेको जिल्ला प्रहरी कार्यालय हुम्लाका डिएसपी शंकर खडकाले बताए। 

दुई जनालाई प्रकाउ गरि जिल्ला अदालतमा पहिलो पटक म्याद गरि अनुसन्धान भईरहेको डिएसपी खडकाले बताए।

प्रकाशित मिति : २०८३ भदौ २२ गते सोमबार

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन।