नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। निगमको सञ्चालक समितिले पेट्रोलको मूल्य प्रतिलिटर पाँच रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर चार रुपैयाँले बढाउने निर्णय गरेको हो।
नयाँ मूल्यसूची अनुसार पेट्रोल प्रतिलिटर १ सय ६५ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर १ सय ४९ रुपैयाँ कायम भएको छ। हवाइ इन्धनमा पनि प्रतिकिलो लिटर ५१ डलर वृद्धि भएको छ।
उक्त मूल्य सूचि गय राति १२ बजे बाट लागू भएको छ।

प्रकाशित मिति : २०८२ असार १७ गते मंगलबार











प्रतिक्रिया दिनुहोस्