२०८३ जेठ १९ , मंगलबार

आइतबार सुनचाँदीको मूल्य घट्यो, तोलामा सुन २ हजार ८ सयले सस्तो



साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ हजार ८ सय रुपैयाँले घटेको हो। महासंघले निर्धारण गरेको नयाँ मूल्यसूचीअनुसार छापावाल सुन प्रतितोला २ लाख ९० हजार ९ सय रुपैयाँ कायम भएको छ। गत शुक्रबार यही सुन प्रतितोला २ लाख ९३ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, आज १० ग्राम सुनको मूल्य २ लाख ४९ हजार ४ सय रुपैयाँ तोकिएको छ। सुनसँगै चाँदीको मूल्यमा पनि गिरावट आएको छ। शुक्रबार प्रतितोला ५ हजार ११५ रुपैयाँमा कारोबार भएको चाँदी आज १०५ रुपैयाँले घटेर प्रतितोला ५ हजार १० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

त्यस्तै, १० ग्राम चाँदीको मूल्य ४ हजार २ सय ९५ रुपैयाँ निर्धारण गरिएको छ।

प्रकाशित मिति : २०८३ जेठ १० गते आइतबार