२०८३ भदौ २७ , शनिबार

रोल्पामा जिप दुर्घटना: मृत्यु हुनेको संख्या २० पुग्यो

रुकुम पूर्वबाट जलजलातर्फ जाँदै गरेको बोलेरो जिप ८ सय मिटर तल खस्यो, अधिकांशको घटनास्थलमै मृत्यु


रोल्पामा भएको भीषण जिप दुर्घटनामा मृत्यु हुनेको संख्या २० पुगेको छ। रुकुम पूर्वबाट जलजलातर्फ जाँदै गरेको लु१ज ४१६७ नम्बरको बोलेरो जिप भिरबाट करिब ८ सय मिटर तल खसेपछि उक्त दुर्घटना भएको हो।

प्रहरीका अनुसार दुर्घटनामा १७ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने अन्य घाइतेमध्ये केहीको उपचारका क्रममा ज्यान गएको हो। दुर्घटनामा परेका मृतकहरूको परिचय भने हालसम्म खुल्न सकेको छैन।

रोल्पाका डीएसपी वीरेन्द्र वीर विश्वकर्माको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा पुगेर उद्धार तथा खोजी कार्य जारी राखेको छ। दुर्गम भू–भाग र कठिन भौगोलिक अवस्थाका कारण उद्धार कार्यमा चुनौती थपिएको जनाइएको छ।

उक्त जिप जलजलामा वैशाख पूर्णिमाको अवसरमा लाग्ने मेलामा सहभागी हुन जाने यात्रुहरू बोकेर जाँदै थियो। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २०८३ वैशाख १७ गते बिहीबार

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन।