राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभाको सभामुखमा पार्टी उपसभापति डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय गरेको छ ।
सिंहदरबारमा बिहीबार बसेको संसदीय दलको बैठकमा सभापति रवि लामिछानेले सभामुखमा अर्याललाई प्रस्ताव गरेका थिए ।
उक्त प्रस्ताव बैठकले सर्वसम्मत रूपमा पारित गरेको प्रवक्ता मनीष झाले जानकारी दिए ।
प्रकाशित मिति : २०८२ चैत १९ गते बिहीबार











प्रतिक्रिया दिनुहोस्