२०८३ वैशाख ८ , मंगलबार

सुर्खेतमा बिचौलिया नियन्त्रण: दुई कार्यालयबाट १६ जना पक्राउ



सुर्खेतको वीरेन्द्रनगरस्थित यातायात व्यवस्था कार्यालय र मालपोत कार्यालय आसपासबाट बिचौलियाको आरोपमा १६ जना पक्राउ परेका छन्।

बिहीबार बिहान करिब ११:३० बजे प्रहरी निरीक्षक किशोर खत्रीको नेतृत्वमा खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेहरूमा दीपकबहादुर विक, इन्द्रबहादुर शाही, प्रदीप खड्का, हरिप्रसाद देवकोटा, प्रभाकर शर्मा गौतम, रमेश दमाई, लक्ष्मी शाही, पार्वती योगी, पवित्रा न्यौपाने, सम्झना योगी, निर्मला योगी, रोशनी शाही, दुर्गा शाही, गीता सुनार, रोशमी तिवारी र कुसुम बुढाक्षेत्री रहेका छन्।

उनीहरूले सेवाग्राहीसँग रकम लिई ब्लुबुक नवीकरण, जग्गा नामसारीलगायतका काम गरिदिने भन्दै बिचौलियाको रूपमा काम गरिरहेको सूचनाका आधारमा पक्राउ गरिएको हो।

प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

प्रकाशित मिति : २०८२ चैत १९ गते बिहीबार