२०८३ वैशाख ८ , मंगलबार

एम्बुलेन्स चालकमाथि कुटपिट, एम्बुलेन्स तोडफोड गर्ने ३ जना पक्राउ



सुर्खेतमा एम्बुलेन्स चालकमाथि कुटपिट गरी एम्बुलेन्स तोडफोड गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा वीरेन्द्रनगर नगरपालिका–११ बस्ने २० वर्षीय प्रविण गहतराज, १८ वर्षीय विशाल विक र १९ वर्षीय विशाल विक रहेकाे जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी माेहनजंग बुढथापाले जानकारी दिए।

उनकाअनुसार गएराति करिब ११ बजेकाे समयमा वीरेन्द्रनगर नगरपालिका–११ स्थित सादिखाेला नजिक सल्यानकाे कुमाङ गाउँपलिकाबाट बिरामी बोकेर नेपालगञ्जतर्फ जाँदै गरेको एम्बुलेन्सलाई राेकेर चालकमाथि कुटपिट गर्नुका साथै एम्बुलेन्समा तोडफोड गरेका थिए।

घटनापछि चालकले प्रहरीमा जानकारी गराएपछि तत्काल खटिएको प्रहरी टोलीले खोजी कार्य अघि बढाएको थियो।

प्रहरीका अनुसार घटनामा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको छ। यस्तै, प्रहरीका अनुसार एम्बुलेन्स गन्तव्यतर्फ गइसकेको छ।

प्रकाशित मिति : २०८२ चैत ७ गते शनिबार