२०८३ वैशाख ८ , मंगलबार

पेट्रोलियम पदार्थको मूल्य वृद्धि, पेट्रोल १५ र डिजेल १० रुपैयाँ महँगो



नेपाल आयल निगम लिमिटेड ले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ।

नयाँ समायोजनसँगै आजदेखि पेट्रोल प्रतिलिटर १५ रुपैयाँले महँगिएको छ भने डिजेलमा प्रतिलिटर १० रुपैयाँ वृद्धि गरिएको छ।

निगमका अनुसार अन्तर्राष्ट्रिय बजारमा भएको मूल्य वृद्धि तथा आपूर्ति व्यवस्थापनमा परेको दबाबका कारण पेट्रोलियम पदार्थको मूल्य समायोजन गरिएको हो।

मूल्य वृद्धि भएसँगै अब काठमाडौँ मा पेट्रोलको मूल्य प्रतिलिटर १७२ रुपैयाँ र डिजेलको मूल्य १५२ रुपैयाँ पुगेको छ।

प्रकाशित मिति : २०८२ चैत २ गते सोमबार