२०८३ वैशाख ८ , मंगलबार

सुर्खेतमा श्री एयरलाइन्सको जहाजको टायर पड्कियो, उडान रद्द



श्री एयरलाइन्सको जहाज सुर्खेत विमानस्थलमा अवतरण गर्ने क्रममा टायर पड्किएको छ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार बुधबार दिउँसो १ बजेर ५२ मिनेटमा काठमाडौंबाट सुर्खेतका लागि उडेको ९एन–एओएल दर्ता नम्बरको जहाजको टायर अवतरणपछि पड्किएको हो।

उनका अनुसार जहाज अवतरण गरिसकेपछि पार्किङ क्षेत्रमा जाँदै गर्दा टायर पड्किएको थियो। उक्त जहाजमा ५० जना यात्रु सवार रहेका थिए। घटनामा सबै यात्रु तथा चालक दलका सदस्य सकुशल रहेको प्राधिकरणले जनाएको छ।

घटनापछि जहाजलाई ग्राउन्डेड गरिएको छ। टायरमा समस्या देखिएसँगै सुर्खेत–काठमाडौं उडान रद्द गरिएको प्राधिकरणले जानकारी दिएको छ।

प्रकाशित मिति : २०८२ फागुन २० गते बुधबार