२०८३ जेठ १९ , मंगलबार

इजरायल-इरान द्वन्द्व तीव्र, ४० छात्राको मृत्यु



इजरायलले शनिबार बिहान तेहरानसहित इरानका विभिन्न सहरमा हमला गरेको छ। इरानको सरकारी समाचार संस्था IRNA का अनुसार दक्षिणी इरानमा ४० जना छात्राको मृत्यु भएको छ भने ४५ जना घाइते भएका छन्।

इजरायलले खुफिया मन्त्रालय, रक्षा मन्त्रालय, सर्वोच्च नेता Ali Khamenei को कार्यालय र Atomic Energy Organization of Iran लाई निशाना बनाएको जनाएको छ। हमलापछि खामेनेईलाई सुरक्षित स्थानमा सारिएको बताइएको छ।

जवाफमा इरानले इजरायलतर्फ करिब ४०० क्षेप्यास्त्र प्रहार गरेको दाबी गरेको छ। साथै कुवेत, कतार, बहराइन र साउदी अरबमा रहेका अमेरिकी सैन्य अखडाहरू तथा यूएईको दुबईलाई समेत निशाना बनाइएको जनाएको छ।

Al Jazeera का अनुसार यो अमेरिका र इजरायलको संयुक्त सैन्य कारबाही भएको दाबी गरिएको छ। अमेरिकी राष्ट्रपति Donald Trump ले कारबाही अमेरिका र उसका नागरिकको सुरक्षाका लागि भएको बताएका छन्।

एजेन्सी समाचार 

प्रकाशित मिति : २०८२ फागुन १६ गते शनिबार