२०८३ वैशाख १० , बिहीबार

गगन थापा चुनावीसभालाई सम्बोधन गर्न सुर्खेत आउदैं



आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेसका सभापति गगन थापा सुर्खेत आउने भएका छन्।

बिहीबार (आज) कांग्रेसले आयोजना गरेको चुनावी आमसभालाई सम्बोधन गर्न उनी सुर्खेत आउन लागेका हुन्।

विशेष महाधिवेशनबाट सभापति बनेपछि सर्लाही–४ बाहिर पहिलो पटक हुन लागेको चुनावीसभामा उनले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

निर्वाचन नजिकिँदै जाँदा दलका शीर्ष नेताहरू चुनावी गतिविधिमा केन्द्रित भइरहेका छन्।

सुर्खेत निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का को गृह जिल्ला हो।

विशेष महाधिवेशनपछिको विवादपछि खड्का हाल कानुनी प्रक्रियामा रहेका र सार्वजनिक रूपमा कम सक्रिय देखिएका छन्।

प्रकाशित मिति : २०८२ फागुन १४ गते बिहीबार