२०८३ वैशाख ८ , मंगलबार

सुनको भाउ फेरि ओरालो, तोलामा १३ हजार ४०० रुपैयाँ घट्यो



सोमबार पनि सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा १३ हजार ४०० रुपैयाँले घट्दै २ लाख ८६ हजार ६०० रुपैयाँमा झरेको छ । आइतबार सुनको मूल्य तोलामा ३ लाख रुपैयाँ कायम थियो ।

यसअघि बिहीबार सुनको मूल्य तोलामा ३ लाख ३९ हजार ३०० रुपैयाँसम्म पुगेको थियो, जुन हालसम्मकै उच्च मूल्य हो । त्यसयता सुनको भाउ निरन्तर ओरालो लागेको छ ।

यसैगरी चाँदीको मूल्य पनि घटेको छ । आइतबार तोलामा ५ हजार ५०० रुपैयाँ रहेको चाँदी सोमबार घटेर ५ हजार २०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

प्रकाशित मिति : २०८२ माघ १९ गते सोमबार