२०८३ वैशाख ८ , मंगलबार

वीरेन्द्रनगरमा नागरिक समाजका अगुवालाई क्षमता विकास तालिम



सुर्खेतको वीरेन्द्रनगरमा नागरिक समाज संस्था तथा समुदायमा आधारित संस्थामा आबद्ध अगुवाहरूका लागि क्षमता विकास तालिम सम्पन्न भएको छ।

अक्सफाम नेपालको सहयोगमा सिमान्तकृत महिलाहरूका लागि महिला संस्था (वाम) सुर्खेतको आयोजनामा महिला सशक्तिकरण सम्बन्धि एकदिने तालिम आयोजना गरिएको हो।

तालिमको उद्देश्य नेतृत्व क्षमता अभिवृद्धि, लैङ्गिक समानता, अपाङ्गता तथा सामाजिक समावेशीकरण र नारीवादी नेतृत्व सिद्धान्तबारे सहभागीहरूको बुझाइ बढाउनु रहेको वाम सुर्खेतका परियोजना संयोजक हिक्मतबहादुर नेपालीले जानकारी दिए।

अधिकारकर्मी  अम्रिता अधिकारीले सहजीकरण गरेको तालिममा रूपान्तरणकारी तथा नारीवादी नेतृत्व, लैङ्गिक मूलप्रवाहीकरण, संगठनात्मक व्यवस्थापन, सामुदायिक संलग्नता तथा महिला र सिमान्तकृत समूहको अधिकारमा नागरिक समाजको भूमिकाबारे छलफल गरिएको थियो।

वाम सुर्खेतकी कार्यकारी निर्देशक मधुरानी ढकालले महिला तथा सिमान्तकृत समुदायको अधिकारका लागि नागरिक समाज संस्थाको भूमिका महत्वपूर्ण रहेको बताइन्।

संस्थाकी अध्यक्ष देवी पौडेलले तालिमले सहभागी अगुवाहरूको भूमिका अझ प्रभावकारी बनाउने विश्वास व्यक्त गरिन्। तालिम वीरेन्द्रनगरका नागरिक समाज, संस्थाका र युवाहरुकाे सहभागिता रहेको थियो।

प्रकाशित मिति : २०८२ माघ १४ गते बुधबार