
प्रेस सेन्टर नेपाल कालीकोटका अध्यक्ष तथा रेडियो तिला आवाजका स्टेसन म्यानेजर वीरेन्द्र आचार्यको स्कुटर दुर्घटनामा मृत्यु भएपछि आफन्तहरू आन्दोलित बनेका छन्।
गएराति वीरेन्द्रनगर–२ कार्यालयअगाडि मोटरसाइकलसँग ठोक्किँदा आचार्य गम्भीर घाइते भएका थिए।
सुर्खेत–जुम्ला सडकखण्डमा मूलपानीबाट भुरेली जाँदै गरेका २३ वर्षीय यामबहादुर शाहीले चलाएको कर्णाली प्रदेश ०२००३ प १७४४ नम्बरको मोटरसाइकल र आचार्य सवार लुम्बिनी प्रदेश ३६ प ३८८६ नम्बरको स्कुटर ठोक्किएको प्रहरीले जनाएको छ।
उपचारका क्रममा आचार्यको कर्णाली प्रदेश अस्पतालमा गएराति मृत्यु भएको हो।
दुर्घटना शंकास्पद रहेको भन्दै आफन्तहरूले मूलपानी चोकमा टायर बालेर सडक अवरुद्ध गरेका छन्।
उनीहरूले निष्पक्ष छानबिन, दोषीमाथि कारबाही र पीडित परिवारलाई उचित क्षतिपूर्तिको माग गरेका छन्।
प्रकाशित मिति : २०८२ मंसिर १३ गते शनिबार










प्रतिक्रिया दिनुहोस्