२०८३ वैशाख ८ , मंगलबार

दसैँका लागि नयाँ नोट भदौँ २९ गतेदेखि साट्न पाइने



दसैँका लागि नयाँ नोट भदौ २९ गतेदेखि साट्न पाइने भएको छ । नेपाल राष्ट्र बैंकले सूचना जारी गर्दै भदौ २९ गतेदेखि असोज १० गतेसम्म सुकिला नोट साट्न पाइने जनाएको हो ।

राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागका अनुसार विभागको थापाथलीस्थित कार्यालयका साथै प्रदेश कार्यालयहरूबाट सटही गर्न सकिनेछ ।

यस्तै, इजाजत प्राप्त क, ख, र ग वर्गका बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयहरुबाट सर्वसाधारणका साथै संघ/संस्थालाई कारोबारको समयमा नोट सटही हुनेछ ।

यस वर्ष विजया दशमी असोज १६ गते परेको छ । यस्तै, घटस्थापना ६ गते छ भने फूलपाति १३ गते परेको छ ।

प्रकाशित मिति : २०८२ भदौ १५ गते आइतबार