२०८३ भदौ २७ , शनिबार

जुवातास खेल्दै गर्दा रंगेहात पक्राउ परे ८ जना



कञ्चनपुरको भीमदत्त नगरपालिका–३ भाँसीस्थित एक घरमा जुवातास खेलिरहेको अवस्थामा ८ जना पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार शनिबार दिउँसो जुवातास खेलिरहेको भन्ने गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले छापा मार्दा भीमदत्त नगरपालिका–१८ निवासी ४० वर्षीय सुरेश चन्दसहित ८ जनालाई पक्राउ गरेको हो।

प्रहरीले उनीहरूको साथबाट नगद १ लाख ६१ हजार रुपैयाँ र चार गड्डी तास बरामद गरेको जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २०८३ साउन १७ गते आइतबार

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन।