२०८३ असोज १ , बिहीबार

सुर्खेतमा जुवा खेलिरहेको अवस्थामा ८ जना पक्राउ, ९५ हजार बढी नगद बरामद



सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–७ फुलबारी टोलबाट जुवा खेलिरहेको अवस्थामा ८ जनालाई प्रहरीले पक्राउ गरेको छ।

वैशाख ३० गते राति करिब ९ः१५ बजे हारजित हुनेगरी नगद राखी तास खेल भइरहेको भन्ने गोप्य सूचनाका आधारमा कर्णाली प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय सुर्खेत बाट खटिएको संयुक्त प्रहरी टोलीले जनक रोकायको घरमा छापा मारेको थियो।

प्रहरीले घटनास्थलबाट नगद ९५ हजार १ सय ६६ रुपैयाँ, ६ गड्डी तास तथा ९ थान मोबाइल बरामद गरेको जनाएको छ।

पक्राउ पर्नेमा जुम्लाको सिजा गाउँपालिका घर भई हाल वीरेन्द्रनगर–७ बस्दै आएका ४२ वर्षीय मनबहादुर बुढा, ४४ वर्षीय लक्ष्मण रोकाय, ३० वर्षीय लालबहादुर बुढा, ३४ वर्षीय लङ्कबहादुर बुढा, ४५ वर्षीय गम्भीर रावत, ३० वर्षीय विष्णु बुढा, ३१ वर्षीय हरिबहादुर रोकाय तथा घरधनी ३८ वर्षीय जनक रोकाय रहेका छन्।

उनीहरूलाई नियन्त्रणमा लिएर जुवा सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २०८३ वैशाख ३१ गते बिहीबार

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन।