२०८३ असोज १ , बिहीबार

हुम्लामा चितुवाको आतंक बढ्दो, फेरि ६ वटा भेडाबाख्रा मारिए



हुम्लाको चंखेली गाउँपालिकामा चितुवाको आतंक लगातार बढ्दै गएको छ। मंगलबार चंखेली गाउँपालिका–५ अन्तर्गत नेप्का क्षेत्रमा चितुवाले फेरि ६ वटा भेडाबाख्रा मारेको छ।

स्थानीयका अनुसार चंखेली गाउँपालिका–५ को तेलपानीस्थित गोठभित्र पसेर चितुवाले जनक तामाङका ६ वटा भेडाबाख्रा मारेको हो। उक्त घटनाको पुष्टि गर्दै वडाध्यक्ष हर्कधन तामाङले पछिल्लो समय गाउँमा चितुवाको आक्रमण बढ्दै गएको बताए।

उनका अनुसार केही समयअघि पोरीगाउँमा रतन तामाङका ४५ वटा भेडा चितुवाले मारेको थियो भने त्यसपछि तेलपानीमै रामचन्द्र तामाङका ८ वटा भेडा पनि चितुवाको सिकार बनेका थिए।

लगातार पशु चौपायामाथि आक्रमण हुन थालेपछि स्थानीयवासी त्रसित बनेका छन्। वडाध्यक्ष तामाङले चितुवाको आतंक दिनप्रतिदिन बढ्दै गएकाले यसको नियन्त्रणका लागि सम्बन्धित निकायले तत्काल ध्यान दिनुपर्ने बताएका छन्।

प्रकाशित मिति : २०८३ वैशाख १ गते मंगलबार

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन।