२०८३ मंसिर १२ , शनिबार

उद्यमशिलता प्रवर्द्धनमा बैंकले सजिलो नीति ल्याउनुपर्छ : मुख्यमन्त्री कडेल




कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कडेलले युवा पुस्तालाई उद्यमशिलतामा आकर्षित गर्न बैंक तथा वित्तीय संस्थाले आफ्ना नीति र प्रक्रिया सरल बनाउनुपर्ने बताएका छन् ।

वीरेन्द्रनगरमा भएको प्रदेशस्तरीय छलफल कार्यक्रममा उनले झन्झटिलो प्रक्रिया र सम्पत्ति मूल्यांकनमा हुने विभेदका कारण उद्यम गर्न चाहने युवाहरू रोकिएको भन्दै सुधार गर्न आग्रह गरे ।

मुख्यमन्त्री कडेलले कर्णालीका युवालाई विदेश पलायन रोक्न वित्तीय साक्षरता बढाउँदै उद्यममा लगानी गर्न प्रोत्साहन गर्नुपर्नेमा जोड दिए । उनले बैंकहरूले सेवाग्राही खोज्दै जानुपर्ने र पहुँच सहज बनाउनुपर्ने उल्लेख गरे ।

उनले व्याज अनुदानका कार्यक्रम क्षेत्रलाई चालु आर्थिक वर्षदेखि विस्तार गरिएको बताए ।

कार्यक्रममा मन्त्रालयका सचिव यज्ञ पुरीले प्रदेश सरकारमार्फत सञ्चालन हुने व्याज अनुदान तथा योजनाबारे जानकारी प्रस्तुत गरेका थिए ।

प्रकाशित मिति : २०८२ भदौ १३ गते शुक्रबार

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन।