कर्णाली क्षेत्रको सामाजिक, राजनीतिक र विकास सम्बन्धी यथार्थलाई पर्दामा उतार्ने उद्देश्यसहित नयाँ नेपाली चलचित्र ‘रेलको बाटो’ निर्माण हुने भएको छ। कस्तुरी प्रोडक्सन प्रालिको निर्माण र रेड अम्ब्रेला इन्टरटेनमेन्टको सहकार्यमा बन्ने फिल्म लक्ष्मण सुनारले निर्देशन गर्नेछन्।
फिल्मको पोस्टर सार्वजनिक गर्दै निर्माण टिमले गाउँपालिका उद्घाटनका दृश्य र “लैजा तेरो सिंहदरबार मलाई मेरो गाउँ फिर्ता दे” जस्ता भावनात्मक सन्देशमार्फत कर्णालीको पीडा देखाउने प्रयास गरेको छ।

कार्यकारी निर्माता नगेन्द्र घिमिरे रहेका फिल्मको छायांकन कर्णालीका विभिन्न जिल्लामा २०८२ को अन्त्यतिर हुने र २०८३ मा प्रदर्शन गर्ने तयारी गरिएको छ। पटकथा अन्तिम चरणमा पुगेको छ भने कलाकार चाँडै घोषणा गरिनेछ।
‘रेलको बाटो’ ले यसअघि चर्चित म्युजिक भिडियोको सामाजिक सन्देशलाई अझ गहिरो कथावस्तु र दृश्यमार्फत विस्तार गर्ने निर्माण टिमले जनाएको छ।









