
नेपाली फिल्म ‘क्याप्टेन साब’को छायांकन सुरु भएको छ । शनिबार काभ्रेको ढुंखर्कबाट निर्देशक दीपेन्द्र के खनालले आगामी फिल्मको निर्देशन अघि बढाएका हुन् ।
पाइलट रामेश्वर थापाको बायोपिक फिल्म बताइएको यो फिल्मको छायांकन चितवन, काभ्रे र वीरगञ्जनमा हुनेछ । छायांकारमा नेफ्टाका कोषाध्यक्ष रहेका कृष्ण थापा छन् ।

पटकथा प्रडक्सन, यार्सा स्टुडियो र रिच इन्टरटेन्मेन्टको प्रस्तुति रहने फिल्मको शीर्ष कलाकारमा खगेन्द्र लामिछाने, सुरक्षा पन्त र सञ्जोग रसाइली छन् ।
निर्मातामा निर्देशक खनालसँगै करण श्रेष्ठ र श्रृष्टिमा खनाल छन् । कार्यकारी निर्मातामा सिर्जना नापित छिन् । पटकथा लेखन निर्देशक खनालकै हुने बताएका छन् ।
प्रकाशित मिति : २०८२ साउन ११ गते आइतबार











