२०८३ भदौ २९ , सोमबार

१० वर्षपछि कमब्याक रगंमञ्चमा अभिनेता जीवन लुइँटेल

पात्र सुयोगवीरको रोलमा लुइँटेलले अभिनय गर्ने


 

 

फिल्म क्षेत्रमा अत्याधिक रूचाइएका चर्चित अभिनेता जीवन लुइँटेल अभिनयमा फर्किने भएको छन् । अमेरिका गएको १० वर्षपछि कान्तिपुर थिएटरले मञ्चन गर्न लागेको नाटक ‘शिरिषको फूल’मा उनले अभिनय गर्ने भएका हुन् ।

साहित्यकार पारिजातको चर्चित उपन्यासमाथि आधारित रहेर तयार हुन लागेको नाटकको मञ्चन साउन १ गतेदेखि सुरु हुँदैछ । नाटकको प्रमुख पात्र सुयोगवीरको रोलमा लुइँटेलले अभिनय गर्ने भएका छन् ।

नाटककै लागि लुइँटेल आगामी साता नेपाल आउँदैछन् । फिल्म करिअरको उत्कर्षमा रहेको बेला लुइँटेल दशकअघि अमेरिका हानिएका थिए । यो नाटकको लेखन तथा निर्देशन थिएटरकै विद्यार्थी पत्रिका घिमिरेले गर्दैछिन् ।

गत महिना रेखा थापालाई शीर्ष भूमिकामा लिएर कान्तिपुर थिएटरले मञ्चन गरेको नाटक ‘मीरा’ले निकै चर्चा पाएको थियो ।
लुइँटेलको सन् २०१८ पछिल्लो फिल्म ‘सुकुल गुण्डा’ रिलिज भएको थियो । सन् २००८ देखि घरेलु फिल्ममा डेब्यु गरेका उनी दुई दशक फिल्म क्षेत्रमा सक्रिय रहे ।

उनी पछिल्लो समय अमेरिकामा बसोबास गर्दै आएका छन् ।

प्रकाशित मिति : २०८२ असार १५ गते आइतबार

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन।