सुर्खेत प्रहरीले भन्सार छली गरी ल्याइएका बिना बिल–बिजकका विभिन्न सामान बरामद गरेको छ ।
मंगलबार दिउँसो २ः२५ बजे जिल्ला सुर्खेत, भेरीगंगा नगरपालिका–५ बबई चेकपोष्टमा प्रहरी सहायक निरिक्षक हर्कबहादुर तिरुवाको कमाण्डमा खटिएको पाँच जनाको प्रहरी टोलीले नेपालगञ्जबाट सुर्खेततर्फ आउँदै गरेका विभिन्न सवारीसाधन चेकजाँच गर्ने क्रममा उक्त सामान बरामद गरेको हो ।
बरामद गरिएका सामान प्रहरी पोस्ट बबईमा राखिएको र सवारीसाधनलाई भने गन्तव्यतर्फ पठाइएको प्रहरीले जनाएको छ ।
बरामद सामानमा सुपर पावर सुर्ती ६० पोका (रु. ८४००), स्वीट सुपारी ८५ पोका (रु. ८०७५), कमला पसन्द १२० पोका (रु. २६४००), चिनी २०० के.जी. (रु. १८०००), जेम्स अन्डरवेयर १२९ थान (रु. १९३५०) र माउन्टेन डिउ १२ बोतल (रु. ३०००) रहेका छन् ।
समेत गरी कुल रु. ८३ हजार २२५ बराबरको सामान बरामद गरिएको प्रहरीले जनाएको छ ।











प्रतिक्रिया दिनुहोस्