२०८३ वैशाख ८ , मंगलबार

सुर्खेतमा सुनका गरगहना चोरी गर्ने युवक पक्राउ



सुर्खेतको वीरेन्द्रनगरमा घरभित्र पसेर सुनका गरगहना चोरी गर्ने एक युवक पक्राउ परेका छन् ।

२०८२ साउन २१ गते बिहान करिब ११:३० बजे वीरेन्द्रनगर नगरपालिका–४ नयाँ बजारस्थित कल्पना मल्लको घरबाट २.५ तोलाको सुनसहित नगद चोरी भएको सूचनाका आधारमा अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

चोरीमा संलग्न रहेको आशङ्कामा प्रहरीले सीसीटिभी फुटेज तथा अन्य प्रविधिको सहायताबाट अनुसन्धान गर्दै जाँदा वीरेन्द्रनगर–६ शान्तिटोलका १८ वर्षीय अर्जुन गहतराजलाई पक्राउ गरेको हो ।

घरमा कोही नभएको मौकामा गहतराजले चोरी गरेर लुकेर बसेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । गहतराजको साथबाट चोरी भएको सुनको ब्रासलेट, लेडिज औँठी, बेरुवा औँठी र सिक्री फेला परेको छ ।

चोरीसम्बन्धी मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०८२ साउन २२ गते बिहीबार