सुदूरपश्चिम प्रदेशका दुई मन्त्री सवार गाडी आपसमा ठोक्किएर दुर्घटना भएको छ।
आन्तरिक मामिला तथा कानुन मन्त्री हिरासिंह सार्की र भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्र पाल सवार गाडी मंगलबार एकआपसमा ठोक्किएर दुर्घटना भएको हो ।
दुर्घटना कैलालीको चिसापानीमा प्रधानमन्त्री केपी शर्मा ओलीले आयोजना गरेको जलविद्युत् आयोजना उद्घाटन कार्यक्रममा सहभागी हुन जाने क्रममा भएको हो।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार मन्त्री सार्की सवार गाडी अघि थियो भने मन्त्री पालको गाडी पछाडि थियो।
बाटोमा एक इलेक्ट्रिक भ्यान बीचमा आएपछि अगाडिको गाडीले अचानक ब्रेक लगाउँदा पछाडिको गाडीले ठक्कर दिएको प्रहरीको भनाइ छ।
प्रकाशित मिति : २०८२ साउन १३ गते मंगलबार











प्रतिक्रिया दिनुहोस्