नेपाली तीज गीत ‘म भन्दा राम्रो कोही’ सार्वजनिक भएको छ । गायक पशुपति शर्मा र गायिका निकी थापाको स्वर रहेको गीत गायिक थापाको अफिसियल युट्युब पेजबाट सार्वजनिक भएको हो ।

गीतमा साजन कुँवरको शब्द र यज्ञ सापकोटाको संगीत रहेकाे छ । एचबीएन किस्मतको संगीत संयोजन रहेको गीतमा सुमित्रा मुखिया र गायत्री मगरको सपोर्टिङ भोकल रहेको छ ।
निशान बानियाँको निर्देशनमा तयार भएको भिडियोमा अभिनेता पल शाह र नारायणी खत्रीको अभिनय देख्न सकिन्छ । दावा बल तामाङको कोरियोग्राफी रहेको भिडियोलाई बुद्ध थापा र उनको टिमले खिचेको हो।
भिडियोको सम्पादन प्रवीण भट्टले गरेका हुन् भने कलर मिलन विश्वकर्माले गरेका छन् । गलबन्दी म्युजिक प्रालिले गीतको अडियो र भिडियो निर्माण गरेको हो ।
प्रकाशित मिति : २०८२ असार ३१ गते मंगलबार











