२०८३ असोज १ , बिहीबार

९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ



नापी कार्यालय डिल्लीबजार, ३ नम्बर नापी टोली माछापोखरीका टोली प्रमुख नापी अधिकृत डिल्लीबहादुर वली घुस लिएको आरोपमा पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले वलीलाई बुधबार काठमाडौंको बसुन्धारा चोकस्थित एक रेस्टुरेन्टबाट नियन्त्रणमा लिएको हो।

आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार छुट जग्गा दर्ता सिफारिससहितको मिसिलपत्र भूमि प्रशासन कार्यालय, मनमैजु, काठमाडौंमा पठाइदिने भन्दै सेवाग्राहीसँग ९ लाख रुपैयाँ घुस लिएको अवस्थामा वली पक्राउ परेका हुन्।

आयोगले वलीलाई घुसबापत लिइसकेको ९ लाख रुपैयाँसहित नियन्त्रणमा लिएको जनाएको छ। उनीविरुद्ध घुस/रिसवतसम्बन्धी भ्रष्टाचार मुद्दामा बिहीबार विशेष अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रवक्ता न्यौपानेले जानकारी दिए।

प्रकाशित मिति : २०८३ असोज १ गते बिहीबार

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन।