२०८३ साउन १३ , बुधबार

कोहलपुरमा निर्माणाधीन सेप्टिक ट्याङ्कीमा फसेर तीन मजदुरको मृत्यु



बाँकेको कोहलपुर नगरपालिका–३ शान्तिटोलमा निर्माणाधीन सेप्टिक ट्याङ्कीमा फसेर तीन जना मजदुरको मृत्यु भएको छ।

मृत्यु हुनेमा कोहलपुर नगरपालिका–३ का करिब ४० वर्षीय कालु थारु, २६ वर्षीय प्रकाश थारु र ३३ वर्षीय बिर्जा थारु रहेका छन्।

प्रहरीका अनुसार स्थानीय दयाप्रसाद थारुले निर्माण गरिरहेको घरको आँगनमा रहेको निर्माणाधीन सेप्टिक ट्याङ्कीमा बुधबार बिहान करिब ९ बजे काम गर्ने क्रममा उनीहरू फसेका थिए।

घटनाको जानकारी प्राप्त भएपछि प्रहरी टोली घटनास्थल पुगेको थियो। जेसीबीको सहायताले सेप्टिक ट्याङ्की फुटाएर तीनै जनालाई बाहिर निकालिएको भए पनि उनीहरूको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

मृतकहरूको शव परीक्षणका लागि भेरी अस्पताल, नेपालगञ्ज पठाइएको छ। घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित मिति : २०८३ साउन १३ गते बुधबार

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन।