तेस्रो नेपाल प्रिमियर लिग (एनपिएल) का लागि हुने खेलाडी अक्सनमा सहभागी हुने १५५ खेलाडीको अन्तिम सूची सार्वजनिक गरिएको छ।

नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार आयोजना हुने अक्सनका लागि छनोट भएका खेलाडीहरूको सूची सार्वजनिक गरेको हो।
एनपिएलका लागि कुल ३४७ खेलाडीले नाम दर्ता गराएका थिए। दर्ता भएका खेलाडीमध्येबाट छनोट गरिएका १५५ खेलाडी अक्सनमा सहभागी हुनेछन्।
अन्तिम सूचीअनुसार क्याटेगोरी ‘ए’ मा ५ जना, क्याटेगोरी ‘बी’ मा २७ जना र क्याटेगोरी ‘सी’ मा १२३ जना खेलाडी रहेका छन्।
अक्सनमार्फत विभिन्न फ्रेन्चाइज टोलीहरूले आवश्यकताअनुसार खेलाडी छनोट गर्नेछन्।

प्रकाशित मिति : २०८३ असार २१ गते आइतबार









