कर्णाली प्रदेशका शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीका लागि निर्माणाधीन कर्णाली प्रदेश रंगशालाको अनुगमन गरेका छन्।

अनुगमनका क्रममा मन्त्री पोखरेलले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति चाँडै तय गर्ने तयारी भइरहेको जानकारी दिए। उनले प्रतियोगिता सफलतापूर्वक सञ्चालन गर्न आवश्यक पूर्वाधार निर्माण तथा व्यवस्थापनमा सरकार प्रतिबद्ध रहेको बताए।
कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव रविन्द्रचन्दले मन्त्री पोखरेललाई रंगशालाको वर्तमान अवस्था, भइरहेको निर्माण कार्य तथा तयारीबारे जानकारी गराएका थिए।
निरीक्षणका क्रममा मन्त्री पोखरेलले कर्णालीमा खेलकुदका भौतिक पूर्वाधार अझै अपर्याप्त रहेको उल्लेख गर्दै खेल क्षेत्रको विकासका लागि आवश्यक संरचना निर्माणमा सरकारले विशेष ध्यान दिने बताए। उनले खेलाडीमैत्री वातावरण सिर्जना गर्दै कर्णालीको खेलकुद विकासलाई प्राथमिकतामा राखिने समेत बताए।










प्रतिक्रिया दिनुहोस्