२०८३ जेठ ३० , शनिबार

‘रोल नं १’को नयाँ गीत ‘रङ्गिन सपना’ सार्वजनिक



चलचित्र ‘रोल नं १’को नयाँ गीत ‘रङ्गिन सपना’ सार्वजनिक गरिएको छ । फिल्म प्रदर्शनको दोस्रो सातामा प्रवेश गरिरहेका बेला निर्माण टिमले उक्त गीत दर्शकमाझ ल्याएको हो ।

गीतमा गायक उज्ज्वल सागरको स्वर रहेको छ भने शब्द रोशन अधिकारीले लेखेका हुन् । गीतको संगीत पनि उज्ज्वल सागरले नै तयार गरेका छन् ।

‘रङ्गिन सपना’ले उज्ज्वल भविष्यको कल्पना, सपना र त्यसलाई साकार बनाउन आवश्यक मेहनतको विषयलाई प्रस्तुत गरेको छ । साथै, सन्तानको सफलतामा खुसी हुने र दुःखमा पीडा महसुस गर्ने अभिभावकको भावनात्मक कथा पनि गीतमा समेटिएको छ ।

सार्वजनिक गरिएको भिडियोमा फिल्मका मुख्य कलाकारहरूको अभिनय देख्न सकिन्छ । जोन योञ्जनको निर्देशन रहेको चलचित्रमा मुकुन भुसाल, सुशांक मैनाली, रेणु योगी र सिर्जना अधिकारी मुख्य भूमिकामा छन् । बाल कलाकारका रूपमा निर्भिक रेग्मी, रिन्चेन लामा, संयम कटुवाल र सिजल श्रेष्ठले अभिनय गरेका छन् ।

फिल्मका निर्माता विनोद पौडेल र जान्वी पौडेल हुन् भने सह–निर्मातामा छत्रमाया गिरी र रमेश चौलागाईं रहेका छन् । चलचित्रको कथा तथा पटकथा महेश दवाडीले लेखेका हुन् ।

नयाँ गीत सार्वजनिक भएसँगै निर्माण टिमले चलचित्रप्रति दर्शकको आकर्षण अझ बढ्ने अपेक्षा गरेको छ ।

प्रकाशित मिति : २०८३ जेठ २३ गते शनिबार