२०८३ वैशाख ८ , मंगलबार

ओलीको रिहाइको माग गर्दै सुर्खेतमा राँके जुलुस, प्रहरीद्वारा लाठीचार्ज



नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीको रिहाइको माग गर्दै सुर्खेतमा आयोजना गरिएको राँके जुलुससहितको प्रदर्शनमा प्रहरीले लाठीचार्ज गरेको छ।

२३–२४ भदौमा भएको ‘जेन–जी आन्दोलन’का घटनाको छानबिन गर्न गठित आयोगको सिफारिसका आधारमा ओलीलाई प्रहरीले पक्राउ गरेपछि एमालेले देशभर विरोध प्रदर्शन जारी राखेको छ।

सोमबार साँझ जिल्ला पार्टी कार्यालयद्वारा आयोजित राँके जुलुससहितको प्रदर्शनका क्रममा प्रहरीले हस्तक्षेप गरेको हो।

प्रदर्शनमा सहभागी केही युवासँग विवाद उत्पन्न भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले लाठीचार्ज गरेको जनाइएको छ।

प्रहरीको लाठीचार्जबाट केही प्रहरी र प्रदर्शनकारी घाइते भएका छन्।

प्रकाशित मिति : २०८२ चैत १६ गते सोमबार