हुम्लाको सर्केगाड गाउँपालिका-६ स्थित स्यालतडीमा आफ्नै भतिजको कुटपिट बाट काकाको मृत्यु भएको छ।
सर्केगाड गाउँपालिका- ६ का ३५ वर्षिय नन्दलाल लवाडले मादक पर्दाथ सेवन गरि ग्याविन जालीबाट धकेल्दा २८ वर्षका पुसे लावडको मृत्यु भएको हो ।
घाईते भएका पुसे लवाडलाई उपचार क्रममा नेपालगन्ज स्थित संजविन कलेज अफ मेडिकल साइन्सेज अस्पालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ।
तीन दिनदेखि फरार नन्दलाल लवाडको खोजतलास गरि प्रकाउ गरेको जिल्ला प्रहरी कार्यालय हुम्लाका डिएसपी शंकर खडकाले बताए।
जंगलमा लुकीछिपि बसेको अवस्था फेला परेको डिएसपी खडकाले बताए।
जिल्ला अदालत हुम्लाबाट कर्तव्य ज्यान मुद्वाको लागि ७ दिन म्याद थप गरि अनुसन्धान भइरहेको डिएसपी खडकाले कारखाना मिडियासँग भने।
प्रकाशित मिति : २०८२ माघ २५ गते आइतबार











प्रतिक्रिया दिनुहोस्