२०८३ वैशाख ८ , मंगलबार

कर्णाली प्रदेश मन्त्रिपरिषद्का तीन निर्णय, प्रहरी भवन र कानुनी संशोधनमा जोड



कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रहरी भवन निर्माण, खेलकुद ऐन संशोधन र वनसम्बन्धी नियमावली स्वीकृतिसहित तीन निर्णय गरेको छ ।

माघ २५ गते आइतबार बसेको मन्त्रिपरिषद् बैठकले दैलेखको इलाका प्रहरी कार्यालय राकम कर्णालीको अधुरो भवन निर्माण आयोजनाका लागि विनियोजित ६० लाख रुपैयाँ कार्यान्वयन गर्न सम्बन्धित कार्यालयलाई अख्तियारी प्रदान गर्ने निर्णय गरेको हो ।

बैठकले कर्णाली प्रदेश खेलकुद विकास ऐन, २०७६ लाई संशोधन गर्न तयार पारिएको विधेयक प्रदेशसभामा पेश गर्न स्वीकृति दिएको छ ।

त्यसैगरी, मन्त्रिपरिषद्ले कर्णाली प्रदेश वन (दोस्रो संशोधन) नियमावली, २०८२ स्वीकृत गर्ने निर्णयसमेत गरेको कर्णाली प्रदेश सरकारका प्रवक्ता विनोदकुमार शाहले बताएका छन् ।

प्रकाशित मिति : २०८२ माघ २५ गते आइतबार